
काठमाडौं,२५ माघ । राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, चप्पल कारखानास्थित साहको डेरामा चोरीमा संलग्न आरोपीहरु जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट फरार भएका थिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पक्राउ परेकाहरुका साथबाट प्रहरीले वर्ल्डलिंकको एउटा राउटर र दुईवटा सीसीटीभी क्यामेरा बरामद गरेको छ।
पक्राउ पर्नेहरुमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

