


काठमाडौं,२६ माघ। जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको समय तेस्रो पटक थप हुने भएको छ।
अनुसन्धान प्रकृया अझै बाँकी रहेको र प्रमाणहरु जुटाउन कार्य भैरहेकाले २५ दिन थप गर्न आयोगले सरकारलाई प्रस्ताव गरेको छ।

आयोगका प्रवक्ता पूर्वएआइजी विज्ञानराज शर्माका अनुसार केही प्राविधिक काम बाँकी रहेकाले २५ दिन समय माग गरिएको छ। ‘केही काम बाँकी छ’, उनले भने, ‘जसकारण समय थप गर्न सरकारसँग माग गरिएको छ।’
दोस्रो पटक थप गरिएको समय अगामी माघ २८ गते सकिँदैछ।
कमेन्ट गर्नुस्

