Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनी उपमेयरको ‘टेबल सलामी’ मोह !
    फोकस लुम्बिनी

    लुम्बिनी उपमेयरको ‘टेबल सलामी’ मोह !

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ माघ २७, मंगलवार २३:४२ गते
    advertisement
    advertisement
    advertisement

    लुम्बिनी, २७ माघ । जेनजी आन्दोलन पश्चात केही नेता/जनप्रतिनिधिले चेत खाएका छन् भने केहीले अझै नचेतेको अवस्था छ । अझै पनि उही पुरानै ढर्रामा सरकारी कार्यालयहरुमा कामकाज चलिरहेका छन् । नागरिकले पाउने सास्ती अझै पनि कम भएको छैन् ।

    स्थानीय तहका अधिकांश जनप्रतिनिधिहरुको कार्यशैली अझै उस्तै छ । जेनजी आन्दोलनताका देखा नपरेका अधिकांश जनप्रतिनिधिहरु फेरी पुरानै शैलीमा सल्बलाउन थालेका छन् । वर्षमा स्थानीय विदा दिन सक्ने अधिकार भन्दा बढी विदाको पत्रमा दस्तखत गर्ने मोह अझै कम भएको छैन ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यसैमाथी जनप्रतिनिधिहरुको पिर्के/टेबल सलामी खाने अर्को मोह छ। पिर्के/टेबल सलामी खाँदा चर्को आलोचना खेप्नु परेको अनेक उदाहरण छन् । तर, पनि सलामी खाने मोह अझै घटेको छैन ।

    यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट एउटा घटना बाहिरिएको छ । त्यहाँ सोमबारदेखि ५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको छ । जसमा सहभागी विद्यालयका बालबालिकाहरुबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यवाहक प्रमुख एवं उपप्रमुख (उपमेयर) कल्पना हरिजनले विक्ट्री स्ट्यान्डमा उभिएर सौकिन चश्माका साथ ‘टेबल सलामी’ खाएको विषयले चर्चा पाएको छ ।

    राज्यको उच्च ओहदाका व्यक्तिले सलामी ग्रहण गर्नु परेमा सलामी ग्रहण गर्ने सम्बन्धको पनि तौरतरिका/प्रचलन छ । र, उनीहरुले सोही अनुसार गर्छन पनि । सामाजिक संजालबाट सार्वजनिक भीडियो अनुसार, प्रचलन बमोजिम उपमेयर हरिजनले सलामी ग्रहण शैली समेत नमिलेको देखिएको छ । विद्यार्थीहरु पनि कसैले सलामी दिएका छन् त कोही आफ्नै सुरतालमा बिना सलामी मार्चपासमा गरिरहेको भीडियो देखिन्छ ।

    विगतदेखि सलामी लिँदै (ग्रहण) आएकोले यस पटकको प्रतियोगिताको संयोजकको हैसियतले आफुले विद्यार्थीहरुबाट सलामी लिएको उपमेयर हरिजनको भनाई छ । सहभागी विद्यार्थीहरुको मनोबल उच्च बनाउनका लागि पनि आफुले सलामी लिएको उनको दावी छ ।

    स्थानीय सरकार सञ्चालन ऐनमा जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार स्पष्ट रुपमा उल्लेख गरिएको भए पनि विद्यार्थीबाट सलामी ग्रहण गर्ने सम्बन्धमा कुनै विशेष व्यवस्था उल्लेख गरिएको छैन । यसलाई प्रशासनिक मर्यादा र पदको गरिमासँग जोडेर हेर्नुपर्ने सरोकारवालाको धारणा छ।

    स्थानीयका अनुसार, सुधारका लागि जेनजी आन्दोलन होस् वा आलोचना जनप्रतिनिधि आफ्नो रवाफ घटाउन तयार नरहेको देखिन्छ । एमालेबाट निर्वाचित उपमेयर हरिजनको कदम जेनजी आन्दोलनको भावना विपरीत भएको सरोकारवालाको भनाई छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    लुम्बिनी सांस्कृतिक नगरपालिका सलामी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.