Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवा र धकधईमा बजार अनुगमन
    अर्थ

    भैरहवा र धकधईमा बजार अनुगमन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ माघ २८, बुधबार २२:३९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२८ माघ । रुपन्देही जिल्लामा उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको छ। जिल्ला बजार अनुगमन समितिले रोहिणी गाउँपालिकाको धकधई र भैरहवा क्षेत्रमा अनुगमन गरेको हो।

    मासु पसल, सुनचाँदी पसल, किराना तथा खाद्यान्न पसल, कस्मेटिक र होटलहरुमा गरिएको अनुगमनमा अधिकांश व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेको, न्यूनतम व्यावसायिक मापदण्ड पालना नगरेको र म्याद गुज्रिएका सामग्रीहरु बिक्रीमा राखेका थिए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    समितिले फेला पारेका म्याद नाघेका सामग्रीहरुलाई नष्ट गरेको छ भने मापदण्ड विपरीत सञ्चालित व्यवसायलाई बन्द गराएको छ। धकधई बजारमा अनुगमन टोली पुगेपश्चात केही व्यवसायीले सटर बन्द गरेका थिए।

    भैरहवाको हाटबजार क्षेत्रमा रहेका मासु पसलहरुमा मासुको अस्वच्छ भण्डारण र बिक्री वितरण भइरहेको पाइएकाले चेतावनी दिइएको छ । अनुगमनकै क्रममा बसपार्क नजिकैको होटल र डान्स बारमा शंकास्पद गतिविधि देखिएपछि होटल सञ्चालक र केही युवायुवतीलाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरिएको छ।

    जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन अनुगमन कार्यलाई आगामी दिनमा पनि नियमित रुपमा अगाडि बढाइने बताए ।

    उनले व्यवसायीहरुलाई तत्काल आफ्नो कमजोरी सुधार गर्न सचेत गराउँदै निर्देशन अटेर कारवाही हुने बताए। साथै, उपभोक्ताहरुलाई पनि सचेत रहन र सामग्री खरिद गर्दा गुणस्तर तथा म्याद जाँच गरेर मात्र उपभोग गर्न आग्रह गरिएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    बजार अनुगमन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते

    नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोग गर्दा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

    २०८३ कार्तिक १३, बिहीबार १२:०३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.