


काठमाडौं,४ फागुन । नेपालको स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १२५ रुपैयाँ घटेर चार हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
कमेन्ट गर्नुस्

