
भैरहवा, ४ फागुन । भैरहवास्थित भैरहवा नमुना उच्च माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला र जुत्ता वितरण गरिएको छ ।
भैरहवाको पुरानो मध्यको एक यो विद्यालय व्यवस्थापन समितिमा व्यवसायी तथा युवा समाजसेवी अमित गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि विद्यालयमा परिवर्तन देखिन थालेको छ। विद्यालयका समस्याहरु समाधानका लागि यो कार्यसमिति योजना बनाएर अघि बढेको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

अध्यक्ष गुप्ताको पहलमा स्थानीय ठाकुर बराईली, गुञ्जा बराईली दम्पत्ति र दीपेन्द्र जलान्धरले विद्यालयमा अध्यनरत विद्यार्थीलाई स्कूल झोला र जुत्ता वितरण गरेका हुन् ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिका-६ का बराईली दम्पत्तिले विद्यालयको कक्षा १ देखि ५ सम्मका अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई ५० थान झोला र १८ वटा जुत्ता उपलब्ध गराएको समितिका अध्यक्ष गुप्ताले बताए ।
त्यस्तै व्यवसायी सिद्धार्थनगर नगरपालिका-१३ का दीपेन्द्र जलान्धरले कक्षा १ देखि ५ सम्मका अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई ३० थान झेला उपलब्ध गराएका छन्। उपलब्ध गराइएको झोला र जुत्ता विद्यार्थीहरुलाई वितरण गरिएको भैरहवा नमुना उच्च माध्यमिक विद्यालयको भुपू विद्यार्थी समाजका संयोजक जितमान गुरुङले बताए।
बराईली दम्पत्ति र व्यवसायी जलान्धरले विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला र जुत्ता उपलब्ध गराउन पाउँदा खुशी व्यक्त गरे। समितिका अध्यक्ष गुप्ताले स्थानीय व्यक्तिहरुको सहयोगले विद्यालय बदल्न सकिने भन्दै विद्यार्थीहरुलाई सामग्री उपलब्ध गराएको सहयोगी हातहरुप्रति आभार व्यक्त गरे ।

‘भैरहवा नमुना उच्च माध्यमिक विद्यालय हामी सबैको विद्यालय हो। यसलाई हामी सबै नै मिलेर बनाउनुपर्छ’ ,उनले भने, ‘ सबै मिलेर अघि बढ्यौं भने यहाँका बालबालिका अध्यापनका लागि अन्यत्र जानुपर्दैन।’
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमित गुप्ता, प्रधानध्यापक वासुदेव पौडेल, स्थानीय समाजसेवी ठाकुर बराईली, गुञ्जा बराईली, दीपेन्द्र जलान्धर, भैरहवा नमुना उच्च माध्यमिक विद्यालयको भुपू विद्यार्थी समाजका संयोजक जितमान गुरुङ, सचिव निलम श्रेष्ठ, कोषाध्यक्ष बुद्धिराज पाण्डे, सदस्य भीम गुप्ता लगायतको उपस्थिती रहेको थियो ।


