
भैरहवा, ५ फागुन । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी पिप्रहवाबाट खटिएको संयुक्त टोलीले रोहिणी गाउँपालिका ६ बन्जारा टोलबाट वेवारिसे अवस्थामा राखिएको साढे ६ लाख मूल्य बराबरको विभिन्न लत्ताकपडा तथा जुत्ता चप्पल बरामद गरेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार, बरामद सामग्रीहरु आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको छ ।

