
काठमाडौं, ६ फागुन। नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेलसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न आरोपमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार कट्टेलका साथै नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईँ समूहका एसपी साहलाई पक्राउ गरिएको हो।
नेकपा, नेकपा बहुमतलगायत केही साना दलले निर्वाचन बहिष्कार गर्दै निर्वाचन विरोधी गतिविधि गरेको प्रहरीले जनाएको छ।

