

भैरहवा,७ फागुन । प्रतिनिधिसभा निर्वाचन लक्षित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिवार भैरहवामा ‘परिवर्तन उद्घोष सभा’ को तयारी थालेको छ ।
बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सभाबारे जानकारी दिदै चुनावी जनसभा मुल आयोजक समिति लुम्बिनी प्रदेशका संयोजक एवं केन्द्रीय सदस्य सन्तोष गिरीले कार्यक्रमलाई व्यवस्थित, छोटो र सन्देशमुखी बनाइने बताए।
Advertisement

Advertisement
Advertisement
उनका अनुसार, कार्यक्रमलाई पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम) अर्घाखाँची, गुल्मी, पाल्पा जिल्लाका उम्मेदवार लगायतले सम्बोधन गर्ने तालिका छ । रुपन्देहीको पाँच वटै क्षेत्रबाट र्यालीसहित उम्मेदवार, नेता, कार्यकर्ताहरु भैरहवा आउने छन् ।
उनले भैरहवाको अञ्चलपुरमा तयारी थालिएको सभास्थलमा ८० हजारभन्दा बढीका सहभागीता हुने गरी प्राविधिक व्यवस्थापन गरिएको बताए । उनका अनुसार, इन्जिनियरिङ डिजाइनमार्फत प्रवेश-निर्गमन, मञ्च व्यवस्थापन, ध्वनि प्रणाली र आपतकालीन मार्गको व्यवस्था मिलाइएको र कार्यक्रमलाई भीड व्यवस्थापनका दृष्टिले सुरक्षित र अनुशासित बनाइनेछ।
पुरानो राजनीतिक शैलीलाई परिवर्तन गर्दै ‘छोटो र छरितो’ कार्यक्रमको अभ्यास गर्ने रास्वपाले जनाएको छ ।





