
काठमाडौं,८ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाच लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ।
निर्वाचन प्रचार–प्रसार तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले सिर्जनात्मक भिडियो बनाउन आह्वान गरेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

आयोगका अनुसार सहभागीले निर्वाचनको आवश्यकता र महत्व, मतदाता अधिकार, सही मतदान प्रक्रिया तथा आफ्नो मौलिक विचार समेटेर भिडियो तयार गर्नुपर्नेछ। तयार भिडियो आगामी फागुन २९ गतेसम्म आयोगको आधिकारिक टिकटक खाता र इमेलमार्फत पठाउन सकिनेछ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो र तेस्रोलाई क्रमश: ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ।
हेर्नुहोस् सूचना:


