


भैरहवा, ९ फागुन । प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय सूर्यपुरा रुपन्देहीको संयुक्त टोलीले गैडहवा गाउँपालिका ६ ६ मोजरहवामा डम्प गरेर राखिएको अवस्थामा ९ लाख ४१ बढी मूल्य बराबरको २० प्रकारका विभिन्न सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद सामग्रीमा हुक्का फ्लेवर, कपडा, जुत्ता, चप्पल लगायत रहेका छ । वेवारिसे अवस्थामा बरामद सामग्री नियन्त्रणमा लिएर आवश्यक कार्यवाही भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

