
काठमाडौं,११ फागुन। डिजिटल प्रविधिको दुरुपयोगबाट उत्पन्न चुनौतीहरुको सामना गर्न नेपाल प्रहरीले ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स (एआई सेल)’ स्थापना गरेको छ।
सामाजिक सञ्जालमा पोष्ट् हुने गलत, भ्रामक तथा मिथ्या सामग्रीको निगरानी र व्यवस्थापन गर्ने उद्देश्यले उक्त सेल गठन गरिएको प्रहरीले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उक्त एआई सेलले नक्सालस्थित प्रहरी प्रधान कार्यालयबाट कार्य गर्नेछ। गृहमन्त्री ओमप्रकाश अर्यालले एआई सेलको कार्यक्षेत्र र भावी योजनाबारे जानकारी लिँदै विशेषगरी निर्वाचनसँग सम्बन्धित गलत र भ्रामक सूचनालाई नियन्त्रण गरी निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिए।
उनले सामाजिक सञ्जालमार्फत हुने अवाञ्छित गतिविधि नियन्त्रणमा एआई सेल प्रभावकारी साबित हुने विश्वास पनि व्यक्त गरे।

