
काठमाडौं,१३ फागुन। भारतले ‘केरल’ राज्यको नाम फेरिएको छ । भारतको केन्द्रीय मन्त्रिपरिषद्को बैठकले केरलको नाम परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्तावलाई स्वीकृति गरेको छ। निर्णयसँगै अब यो राज्यले आफ्नो भाषा र सांस्कृतिक पहिचानलाई आधिकारिक रुपमा पुनः स्थापित गर्नेछ।
केरल विधानसभाले नाम परिवर्तन गर्नका लागि पहिलो पटक अगस्ट २०२३ मा सर्वसम्मतिले राज्यको नाम ‘केरलम’ राख्न केन्द्र सरकारलाई आग्रह गर्दै प्रस्ताव पारित गरेको थियो। तर, केही प्राविधिक र प्रक्रियागत त्रुटिका कारण केन्द्र सरकारले यसलाई फिर्ता पठाएको थियो।
Advertisement

Advertisement
Advertisement

विधानसभामा नाम परिवर्तनका लागि दोस्रो पटक ल्याइएको प्रस्ताव सबै दलको समर्थनमा संविधानको पहिलो अनुसूचीमा संशोधन गर्ने गरी स्पष्ट प्रस्ताव केन्द्रमा पठाइएको थियो। सोही प्रस्तावको आधारमा केन्द्रीय मन्त्रिपरिषद्ले ‘केरल’ (नाम परिवर्तन) विधेयक, २०२६ु लाई अगाडि बढाउने निर्णय गरेको हो। पीआईबीको प्रेस विज्ञप्तिअनुसार, अब ‘केरला (नाम परिवर्तन) विधेयक, २०२६’ केरला विधानसभामा पठाइने छ। जहाँ यसमाथि छलफल हुनेछ ।
केरल विधानसभाको राय प्राप्त भएपछि, भारत सरकारले प्रक्रिया अघि बढाउनेछ र संसदमा यस विधेयक पेस गर्नका लागि राष्ट्रपतिको सिफारिस लिइने बताइएको छ। केरलामा मार्च–अप्रिलमा विधानसभा चुनाव हुने अपेक्षा गरिएको छ। त्यस अगाडि नै नाम परिवर्तनको यस प्रस्तावलाई स्वीकृति मिलेको हो।
मुख्यमन्त्री पिनाराई विजयनका अनुसार, मलयालम भाषामा यो राज्यलाई सधैं ‘केरलम’नै भनिन्थ्यो। तर, अंग्रेजीमा यसलाई ‘केरल’ लेख्न थालियो जुन औपनिवेशिक प्रभाव मानिन्छ। जसकारण नाम परिवर्तन गर्न आवश्यक रहेकोले संविधानको अनुसूचीमा संशोधन भएपछि सबै सरकारी दस्तावेज र भाषाहरुमा यसलाई ‘केरलम’ नै भनिने छ।

