


भैरहवा, १४ फागुन। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले शुक्रवार सार्वजनिक विदा दिएको छ ।
४४ औं मगर एकता दिवसको अवसरमा नगरपालिकाले शुक्रवार विदा दिएको हो।

नगरप्रमुख इश्तियाक अहमद खाँका अनुसार, दिवसको अवसरमा नगर कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालयहरु, आधारभूत, शहरी स्वास्थ्य केन्द्र तथा सामूदाियक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा फागुन १५ गते (शुक्रबार) बिदा दिइएको हो ।
कमेन्ट गर्नुस्

