


भैरहवा, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका भैरहवाका अजय कुमार गुप्ता फेरी राप्रपामा फर्किएका छन् ।
बिहीवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा राप्रपाको रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार क्याप्टेन गौरव बोहरा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणालगायतले स्वागत गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै गुप्ताले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र तथा राप्रपाले बोकेको एजेण्डा राजसंस्था र हिन्दु राष्ट्र आफ्नो पनि एजेण्डा भएकोले आफु पुन: पार्टीमा फर्किएको बताए ।
राप्रपा जिल्ला अध्यक्ष तथा सिद्धार्थनगरका पूर्व नगरप्रमुख सागर प्रताप राणाले पार्टीमा फरक मत राख्ने कुरालाई अन्यथा लिन नहुने बताए। गुप्ता पार्टीको सिपाही रहेकोले उनलाई उचित जिम्मेवारी दिइने उनको भनाई थियो।

