


काठमाडौं,१५ फागुन । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुकुम पश्चिमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टी (उनेपा)ले समर्थन गरेको छ।
उनेपाका उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै शर्मालाई समर्थन गर्ने घोषणा गरेका हुन्। ०६४ सालदेखि उक्त स्थानबाट शर्माले चुनाव जित्दै आएका छन् ।

रुकुम पश्चिमबाट एमालेबाट नन्दराम देवकोटा, कांग्रेसबाट राजु केसी, नेपाली कम्युनिस्ट पार्टीबाट गोपाल शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मानबहादुर शाहीलगायतले उम्मेदवारी दिएका छन् ।

