


भैरहवा, १७ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले रुपन्देही क्षेत्र नम्बर २ मा पार्टीले कुनै दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् ।
रुपन्देही २ मा राप्रपाको उम्मेदवार छैन । राप्रपा रुपन्देहीका क्षेत्र नम्बर २ का अध्यक्ष रामबहादुर थापाले आईतबार विज्ञप्ती जारी गर्दै रुपन्देही-२ मा नेपाली कांग्रेसका उम्मेदवार चन्नुप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको जनाएका छन् ।

समर्थन गर्ने विषय सार्वजनिक भएपलग्त्तै अध्यक्ष राणाले पत्रकारहरुसँग कुराकानी गर्दै राप्रपाले कसैलाई पनि समर्थन र सहयोग नरहेको बताए ।
केन्द्रदेखि जिल्लासम्म कुनै पनि दलसँग मिलेर जाने भन्ने कुरा नरहेकोले राप्रपाले कसैलाई पनि समर्थन नगरेको उनको भनाई छ। ‘कुनै व्यक्तिले पैसा लिएर चलखेल गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई पनि समर्थन गरेको छैन,’उनले भने।
साथै राप्रपा रुपन्देहीले विज्ञप्ती जारी गर्दै उम्मेदवार नभएको अवस्थामा जिल्ला समितिलाई कुनै जानकारी नगराई क्षेत्रीय सभापतिले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको विषय पार्टीको नीति विपरीत रहेको बताएको छ ।
‘अहिलेको सन्दर्भमा पार्टीले अहिलेसम्म आधिकारिक रुपमा कसैलाई पनि समर्थन नगरेको स्पष्ट पार्दै क्षेत्रीय समापतिले आर्थिक प्रलोभनमा परी आफ्नो एकल निर्णयबाट गरेको समर्थनलाई पार्टीका तर्फबाट खण्डन गर्न चाहन्छु’, अध्यक्ष राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘निर्वाचनको संमुखमा मतदाता प्रभावित पार्ने गरि गरिएको उक्त कार्यप्रति पुर्णरुपमा खेद प्रकट गर्दै राप्रपाको मतदातालाई विचलित नहुन पनि विनम्र आग्रह गर्दछु।’
हेर्नुहोस् विज्ञप्ती:


