


भैरहवा,१७ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले क्षेत्र नम्बर २ का सभापति रामबहादुर थापालाई कारबाही गरेको छ ।
राप्रपाका जिल्ला सभापति सागर प्रताप राणाका अनुसार, पार्टीको नीति तथा निर्देशनको हितविपरीत व्यक्तिगत सम्झौता गरेर पार्टीलाई हानी नोक्सानी गराउने कार्य गरेकोले थापालाई निलम्बन कारबाही गरिएको हो।

थापा आर्थिक प्रलोभनमा परेर नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको राप्रपा रुपन्देहीको आरोप छ ।
कमेन्ट गर्नुस्

