
भैरहवा,१८ फागुन । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.लेखजंग थापाले नेपालको मुहार फेर्ने संकल्प व्यक्त गरेका छन् ।
पार्टीद्वारा भैरहवामा निकालिएको र्यालीलाई सम्बोधन गर्दै उनले वर्षौदेखि नागरिकले विकास र सुधारको आश्वासन मात्र पाएको तर वास्तविक परिवर्तन नभएकोमा चिन्ता व्यक्त गरे ।
Advertisement

Advertisement
Advertisement

उनले फागुन २१ गतेलाई एउटा निर्णायक मोडका रुपमा प्रस्तुत गर्दै उनले अब रास्वपाको नेतृत्वमा मुलुक ‘सुनौलो नेपाल’ बन्ने दाबी गरे ।

उनले सिद्धार्थनगर र रुपन्देहीलाई मात्र नभई समस्त नेपाललाई सेवा गर्ने प्रण गर्दै अबको लक्ष्य नेपालीहरुले रोजगारीका लागि विदेश जानु नपर्ने वातावरण सिर्जना गर्नु रहेको उल्लेख गरे।
भैरहवाको गल्ली र सडकहरुमा आफ्नो बाल्यकाल बितेको स्मरण गर्दै क्षेत्रको शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राख्दै नागरिकका अधुरा सपनाहरुलाई साकार पार्ने उनले प्रतिवद्धता व्यक्त गरे।

सिद्धार्थनगर नगरपालिका वडा नं ४ हनुमान मन्दिरबाट नेता,कार्यकर्ता, शुभेच्छुकसहित हजारौंको सहभागितामा निकालिएको र्याली गल्लामण्डी, मिलनचोक, बैकंरोड, देवकोटा चोक, आवारोड, बिद्रोही चोक, नारायणपथ हुँदै बर्मेलीटोल पुगेर सभामा परिणत भएको थियो। र्यालीमा समानुपातिक उम्मेदवार पुनम अग्रवाल, ज्ञानु पौड्याल, कल्पना पाण्डे लगायतको सहभागिता रहेको थियो ।




