


काठमाडौं,१९ फागुन । प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा ६ प्रकारका परिचयपत्रमार्फत मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार, बिहीवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रुपमा साथमा लैजानुपर्नेछ।

आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही मार्फत मतदान गर्न सकिनेछ । मतदाता परिचयपत्र नभए नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजातबाट पनि मतदान गर्न सकिने आयोगका आयोगका सूचना अधिकारी सुमन घिमिरे जनाए।
मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार, शारीरिक रुपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र विशेष आवश्यकता भएका मतदाताका लागि छुट्टै सहजीकरणको व्यवस्था गरिएको छ।

