
भैरहवा, २७ फागुन । रुपन्देही जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३८ हजार बढी मत बदर भएको छ।
प्रत्यक्षतर्फ २२ हजार ३५ र समानुपातिकतर्फ १६ हजार ७ सय २७ गरी ३८ हजार ७ सय ६२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको प्रमुख कल्पना अर्यालले जानकारी दिइन् ।
Advertisement

Advertisement
Advertisement

बदर मतको प्रकृति अनुसार मतदाताले दुई वा दुईभन्दा बढी चिन्हमा मत संकेत गरेको पाइएको उनले बताइन् ।
उनका अनुसार, प्रत्यक्षतर्फ रुपन्देही–१ मा ४ हजार ८ सय ५९, २ मा २ हजार २ सय ९०, ३ मा ४ हजार १ सय ६२, ४ मा ४ हजार ९ सय ७७ र ५ मा ५ हजार ७ सय ४७ मत बदर भएको छ।
त्यस्तै समानुपातिकतर्फ रुपन्देही–१ मा ३ हजार ६ सय ८, २ मा १ हजार ५ सय १७, ३ मा २ हजार ९ सय ५६, ४ मा ३ हजार ९ सय ७७ र ५ मा ४ हजार ६ सय ६९ मत बदर भएको उनले बताइन् ।
रुपन्देहीमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेकोमा ४ लाख ३९ हजार ९७६ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ ।

