
काठमाडौं,२७ फागुन ।अख्तियार दरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले जिल्ला प्रहरी कार्यालय सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन असई मुक्त नारायण श्रेष्ठविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी पदोन्नति लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
Advertisement

Advertisement
Advertisement

श्रेष्ठले उक्त पदमा बढुवा पाउन केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट जारी भएको देखिने मार्क्स स्टेटमेन्ट र माइग्रेसन सर्टिफिकेट जस्ता नक्कली कागजात पेश गरेको अख्तियारको आरोप छ।

