


काठमाडौं,२९ फागुन। प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसद बन्नका लागि कचकच सुरु भएपनि अध्यक्ष हर्क साम्पाङले रोइलो गर्नेलाई पार्टीबाट निष्काशनको चेतावनी दिएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै समानुपातिक विषयमा रोइलो नगर्न पार्टी पङ्क्तिलाई सचेत गराएका हुन् ।

उनले भनेका छन्, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो ।’
प्रतिनिधिसभा निर्वाचनमा ३ लाख ८५ हजार ९०२ मत ल्याएर श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सीट सुरक्षित गरेको छ। प्रत्यक्षतर्फ तीन सीटका साथ संसद्मा उक्त पार्टीमा ७ सांसद् हुनेछन् ।

