Close Menu
    What's Hot

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    अर्थ

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते0
    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रमजानमा विपन्न परिवारलाई खाद्यान्न
    प्रमुख समाचार

    रमजानमा विपन्न परिवारलाई खाद्यान्न

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ चैत्र १, आईतवार ११:०० गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता
    मर्चवार, १ चैत। ईस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व रमजानको अवसरमा रुपन्देहीका २ सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।

    तौहिद मानव परोपकार सेवा संघ, कोटहीमाई–५ को आयोजना तथा वन लाइफ ग्लोबल वेलफेयर सोसाइटी यूकेको सहयोगमा कोटहीमाई–५ बेनीनगरमा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएका हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    आयोजक संस्थाका अध्यक्ष सैफुल्लाह चुरिहारका अनुसार, रमजान महिनालाई धार्मिक तथा आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । यस महिनामा गरिने दान, सहयोग र परोपकारी कार्यलाई विशेष पूण्यदायी मानिने भएकाले विभिन्न सहयोगी हातहरुको साथमा विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराइएको उनको भनाई छ।

    उनका अनुसार, कोटहीमाई, मर्चवारीमाई, सम्मरीमाई, मायादेवी, सियारी तथा शुद्धोधन गाउँपालिकाका विपन्न मुस्लिम तथा हिन्दु धर्मावलम्बी परिवारहरुलाई चामल, पिठो, तेल, नुन र दाललगायतका खाद्यान्न सामग्री उपलब्ध गराइएको छ।

    यस कार्यक्रममार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मानवताको भावना अझ बलियो बनाउने उद्देश्य रहेको उनले बताए।

    खाद्यान्न वितरण कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले संस्थाले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै सहयोगी कार्यले समाजमा मानवता, सहकार्य र सामाजिक एकताको सन्देश प्रवाह हुने बताए।

    उनले भने,‘मुस्लिम समुदायका लागि पवित्र मानिने रमजान महिनामा सम्पन्न परिवारले विपन्न परिवारलाई सहयोग गर्नु निकै सकारात्मक र प्रेरणादायी कार्य हो। यसले समाजमा एक–अर्काप्रति सहयोग र सद्भावको भावना बढाउने काम गर्छ।’

    अध्यक्ष त्रिपाठीले तौहिद मानव परोपकार सेवा संघले समाजमा गर्दै आएका विभिन्न मानवीय तथा सामाजिक गतिविधिहरु सराहनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई गाउँपालिकाबाट पनि आवश्यक सहयोग र सहकार्य गर्दै आएको बताए।

    कार्यक्रममा स्थानीय समुदाय, समाजसेवी तथा सहयोगीहरुको सहभागिता रहेको थियो। आयोजकले आगामी दिनमा पनि विपन्न तथा आवश्यकतामा रहेका परिवारहरुको सहयोगका लागि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कोटहीमाई गाउँपलिका खाद्यान्न वितरण रमजान
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.