Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » दाङमा ५५ वर्षदेखि पेट्रोल खानी अलपत्र
    अर्थ

    दाङमा ५५ वर्षदेखि पेट्रोल खानी अलपत्र

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ चैत्र १, आईतवार ११:५६ गते
    पेट्रोलियम खानीका लागि तयार गरिएको गोदाम।
    advertisement
    advertisement
    advertisement

    दाङ,१चैत। नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढिरहँदा र इन्धन अभावको समस्या देखिँदै गर्दा दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरिया क्षेत्रमा रहेको पेट्रोल खानी भने दशकौँदेखि उपयोगविहीन अवस्थामा छ। करिब ५५ वर्षअघि उत्खनन गरी केही संरचनासमेत निर्माण गरिएको यो खानी हालसम्म सञ्चालनमा आउन सकेको छैन।

    खानी तथा भूगर्भ विभागले २०२७ सालमा गरेको उत्खननका क्रममा सो क्षेत्रमा करिब ९५ प्रतिशत पेट्रोलियमको सम्भावना रहेको पुष्टि भएको थियो। प्रारम्भिक परीक्षणपछि केही संरचना निर्माण भए पनि त्यसपछि थप काम अघि बढ्न सकेन।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    स्थानीय बासिन्दाहरूले खानी पुनः सञ्चालनमा ल्याउन पटक–पटक माग गर्दै आएका छन्। स्थानीय अगुवा देवीराम कुसारीका अनुसार उत्खननको क्रममा पेट्रोल निकालेर परीक्षणसमेत गरिएको थियो र सो क्षेत्र आसपास ग्यास खानीको सम्भावनासमेत देखिएको थियो।

    बखरिया पेट्रोल खानीका जानकार हरिभक्त भण्डारीका अनुसार त्यतिबेला यहाँबाट निस्किएको पेट्रोलियम पदार्थ नेपालमा आयात भइरहेको भन्दा गुणस्तरीय रहेको थियो। खानी उत्खननमा विशेष भूमिका निर्वाह गरेका भण्डारी भन्छन्, ‘खानीबाट पेट्रोलको ग्यास र पेट्रोलमा पाइने तत्वहरू निस्किएका थिए, खानीबाट निस्कने पानीले जमिन र हरियो घाँससमेत जलाउने गर्थ्यो।’

    जापानी इन्जिनियरले उक्त क्षेत्रमा ग्यास र पेट्रोल खानीको प्रचुर सम्भावना रहेको पुष्टि गरेका थिए। दाङमा पेट्रोल र ग्यास मात्र नभई कोइला, सिमेन्टका लागि चुनढुंगा, तामा र सुन खानीको समेत सम्भावना रहेको जानकारहरु बताउँछन्।

    २०२७ सालमा तत्कालीन उरहरी गाउँ पञ्चायतका प्रधान ईश्वरीप्रसाद उपाध्यायको पहलमा स्थानीय भूपाल बस्नेत र उनका पिता नरबहादुर बस्नेतले पेट्रोल खानी उत्खननका लागि जग्गा उपलब्ध गराएका थिए। जापानी इन्जिनियरसहित खानी तथा भूगर्भ विभागको टोलीको टोलीले करिब १५ सय फिट गहिराइसम्म उत्खनन गरेको बताइन्छ।

    अहिले बखरियामा जीर्ण अवस्थामा रहेको भवन सोही समयमा बनाइएको गोदाम घर हो। संरचना तयार भएपछि सुरुमा ‘दुम्ना’ भन्ने स्थानमा खानी खनियो, तर त्यहाँ समस्या देखिएपछि ‘बन्तरी’ मा काम सुरु भयो।

    खानीको चर्चापछि तत्कालीन राजा वीरेन्द्रले समेत उक्त क्षेत्रको अवलोकन गरेका थिए। तर, २०४२-०४३ सालतिर खानीका सामग्री अन्यत्र सारिएपछि काम पूर्ण रुपमा रोकिएको थियो। स्थानीयहरुले अहिले पनि खानी पुनः सञ्चालनमा ल्याएर देशलाई इन्धनमा आत्मनिर्भर बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने माग गरेका छन्।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    खानी तथा भूगर्भ विभाग दाङ पेट्रोल खानी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.