
पोखरा,१ चैत। एलपी ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना कारवाही गरिएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार, बजार अनुगमनको क्रममा पोखरा महानगरपालिका–६ जरेवरस्थित भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित फेला परेपछि जरिवाना कारबाही गरिएको हो ।
Advertisement

Advertisement
Advertisement

अनुगमन टोलीले बरामद ४८ थान ठूला र ३८ थान साना ग्यास सिलिन्डर पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा तत्काल उपभोक्तालाई बिक्री गर्नसमेत निर्देशन दिएको छ।
प्रशासनले ग्यासको अनावश्यक सञ्चय नगर्न, आधिकारिक प्रमाणपत्र लिएका व्यवसायीले मात्र बिक्रीवितरण गर्न र बोतल वा जर्किनमा खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री नगर्नसमेत आग्रह गरेको छ।

