
कैलाली,२ चैत। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले घुस मागेको आरोप लगाएका कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको वन निर्देशनलायमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट रहेका छन् ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले भट्ट विरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको आधारमा पक्राउ गरिएको बताए।
उनका अनुसार भट्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। मुख्यमन्त्रीले घुस मागेको आरोप लगाएपछि उद्योग मन्त्रालयले भट्टसँग स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
भट्टले हालै एकअन्तर्वार्तामा मुख्यमन्त्रीले आफूसँग पाँच लाख घुस मागेको र रकम नदिएपछि सरुवा गरेको दावी गरेका थिए।

