

भारत, २० जेठ। भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरमा रहेको एक रेस्टुरेन्टमा बुधबार भीषण आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। आगलागीपछि उद्धार तथा राहत कार्य सञ्चालन गरिएको र तीन जनालाई सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार, घटनास्थलबाट तीन जनालाई सकुशल उद्धार गरिएको छ। आगलागीको कारण भने अझै खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्।
Advertisement

Advertisement
Advertisement
समाचार एजेन्सी पीटीआईका अनुसार, आगो लेमन ग्रि रेस्टुरेन्टमा लागेको थियो। रेस्टुरेन्टमा आवासको सुविधा समेत रहेकाले त्यहाँ केही विदेशी नागरिक पनि बसोबास गरेको बताइएको छ ।





