


भारत, २० जेठ। भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरमा रहेको एक रेस्टुरेन्टमा बुधबार भीषण आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। आगलागीपछि उद्धार तथा राहत कार्य सञ्चालन गरिएको र तीन जनालाई सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार, घटनास्थलबाट तीन जनालाई सकुशल उद्धार गरिएको छ। आगलागीको कारण भने अझै खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार, आगो लेमन ग्रि रेस्टुरेन्टमा लागेको थियो। रेस्टुरेन्टमा आवासको सुविधा समेत रहेकाले त्यहाँ केही विदेशी नागरिक पनि बसोबास गरेको बताइएको छ ।

