
काठमाडौं,२० जेठ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने र प्रधानमन्त्री मोदीबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको हो। भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

भेटमा मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका थिए। उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरुपमा समर्थन गर्दछु’ मोदीले भनेका छन् ।
लामिछानेले मंगलबार भारतका विदेशमन्त्री एस. जयशंकर र सत्तारुढ भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनलगायतसँग भेटवार्ता गरेका थिए।

