
काठमाडौं,८ चैत। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकसम्म मुलुकले करिब ११ खर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ।
भन्सार विभागका अनुसार, फागुन मसान्तसम्म कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख रुपैयाँको वैदेशिक व्यापार हुँदा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ घाटा भएको हो। यस अवधिमा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको आयात र १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँको निर्यात भएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

अघिल्लो वर्षको तुलनामा आयात १२ दशमलव ५४ प्रतिशत र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ। भारतसँग मात्रै ५ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ घाटा हुँदा चीनसँग २ खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख रुपैयाँ घाटा भएको छ।
आयाततर्फ पेट्रोलियम पदार्थ शीर्षमा छन् भने कच्चा भटमास तेल, स्मार्टफोन, फलामजन्य वस्तु, सुन र चाँदी पनि प्रमुख आयात वस्तु हुन्। निर्याततर्फ भटमास तेल अग्रस्थानमा रहँदा अलैँची, कार्पेट, सूर्यमुखी तेल र पाम तेल प्रमुख वस्तुका रुपमा रहेका छन्।

