
काठमाडौं,९ चैत। चालु आर्थिक वर्ष २०८२/८३ का पछिल्लो ८ महिनामा नेपालले २८ अर्ब २९ करोड ४० लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्म ५ लाख ६७ हजार ९ सय ३० टन धानचामल आयात भएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा २९ अर्ब ७ करोड ५९ लाख रुपैयाँ बराबरको ५ लाख ९१ हजार १ सय ८२ टन आयात भएको थियो। यस आधारमा चालु वर्ष कुल आयात करिब ७८ करोड रुपैयाँले घटेको देखिन्छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

धान आयात भने घटेर १४ अर्ब १४ करोड ५१ लाख रुपैयाँ (३ लाख ८४ हजार टन) मा सीमित भएको छ। जुन गत वर्ष १६ अर्ब ६३ करोड ६२ लाख रुपैयाँ (४ लाख ३६ हजार टन) थियो। तर, तयारी चामल (बासमतीसहित) को आयात बढेर १३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ (१ लाख ७५ हजार ८ सय ४० टन) पुगेको छ। यसमध्ये ५ अर्ब ८४ करोड रुपैयाँको बासमती र ७ अर्ब ९१ करोड रुपैयाँको अन्य चामल आयात विभागले जनाएको छ।
विभागका अनुसार, कनिका आयातमा उल्लेख्य वृद्धि देखिएको छ। गत वर्ष ३ करोड २६ लाख रुपैयाँ (८ सय १४ टन) रहेको आयात चालु वर्ष २८ करोड ५९ लाख रुपैयाँ (६ हजार ९ सय ६३ टन) पुगेको छ।
स्वदेशमै धान रोप्न प्रयोग हुने बिउ आयातमा भने सामान्य वृद्धि भएको छ । गत वर्ष ७ करोड ८९ लाख रुपैयाँको १ सय ८० टन बिउ ल्याइएकोमा चालु वर्ष १० करोड ३२ लाख रुपैयाँको २ सय ७७ टन आयात भएको विभागले जनाएको छ।

