


काठमाडौं,१५ चैत। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। ओलीको रिहाइको माग गर्दै एमालेको जिल्ला कमिटीहरुले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइरहेको छ ।
गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रह्रीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । सो क्रममा एमालेका नेता कार्यकर्ताले प्रशासन कार्यालय बाहिर धर्ना समेत दिएका थिए ।


