


काठमाडौं,१६ चैत। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सकक्षासम्बन्धी कार्यक्रम बन्द गर्ने सूचना वेबसाइटबाट हटाएको छ।
मन्त्रालयले आइतबार विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका ब्रिज कोर्स कक्षाहरु आगामी १ वैशाखदेखि लागू हुनेगरी बन्द गर्ने निर्णय गरेको थियो ।

तर, सोमबार उक्त सूचना मन्त्रालयले आफ्नो वेबसाइटबाट हटाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार, निर्णय फिर्ता लिइएको नभई केही विषय स्पष्ट पार्न आवश्यक भएकाले सूचना अस्थायी रुपमा हटाइएको हो। उल्लेखित भाषा परिमार्जन गरी पुन: सूचना प्रकाशित गरिने उनको भनाई छ।

