

काठमाडौं,१७ चैत। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनको अवकाशसँगै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्ने भएकी छिन् ।
कानून व्यवसायीका रुपमा न्यायसेवामा प्रवेश गरेका राउत नेपाल सरकारद्वारा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदै न्यायसेवाको सर्वोच्च पद प्रधानन्यायाधीशमा २०८१ असोजमा नियुक्त भएका हुन्।
Advertisement

Advertisement
Advertisement
३३ वर्ष कानून व्यवसायीका रुपमा र सर्वोच्च अदालतको न्यायाधीशका रुपमा ८ वर्ष बिताएपछि प्रधानन्यायाधीशमा नियुक्त भएका थिए।





