


काठमाडौं,१७ चैत। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनको अवकाशसँगै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्ने भएकी छिन् ।
कानून व्यवसायीका रुपमा न्यायसेवामा प्रवेश गरेका राउत नेपाल सरकारद्वारा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदै न्यायसेवाको सर्वोच्च पद प्रधानन्यायाधीशमा २०८१ असोजमा नियुक्त भएका हुन्।

३३ वर्ष कानून व्यवसायीका रुपमा र सर्वोच्च अदालतको न्यायाधीशका रुपमा ८ वर्ष बिताएपछि प्रधानन्यायाधीशमा नियुक्त भएका थिए।

