


काठमाडौं,१७ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र आम जनता पार्टीका अध्यक्ष प्रभु साहबीच पनि भेटवार्ता भएको छ ।
मंगलबार भएको भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।

देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ। आजै लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच पनि भेटवार्ता भएको थियो।
कमेन्ट गर्नुस्

