
काठमाडौं,१७ चैत। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको छ।
मंगलबार बसेको सचिवालय बैठकले चैत २४ गतेदेखि देशव्यापी विरोधको कार्यक्रम आयोजना गर्ने निर्णय भएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार, चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ। चैत २५ गते जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने, २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरुमा प्रदर्शन गर्ने र वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन आयोजना हुनेछ।
महासचिव पोखरेलले अध्यक्ष ओली, नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रतिशोपूर्ण गिरफ्तारी गरेको निष्कर्ष निकालेको छ। त्यस्तै एमालेले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गरेको जनाएको छ। सरकारको उक्त कदमप्रति एमालेले कडा शब्दमा निन्दा गरेको छ।

