


भैरहवा,१८ चैत । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ (बीएचएस) जडान गरिएको छ ।
बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्र लाल कर्णले एक कार्यक्रमका बीच जडान गरिएको उक्त प्रणालीको उद्घाटन गरे।

यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै सहज रुपमा आफ्नो सामान प्राप्त गर्नका लागि विमानस्थलको आन्तरिक आगमनतर्फ उक्त प्रणाली जडान गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।
विगतमा सामान हराउने, छुट्ने जस्ता समस्या हट्ने विश्वास लिइएको छ । धनगढी, नेपालगंज, जनकपुर, पोखरा, काठमाडौं, विराटनगर पश्चात भैरहवाको आन्तरिक आगमनतर्फ पनि यो प्रणाली बुधवार जडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

