

भैरहवा, १८ चैत । रुपन्देहीको शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका विद्यालयहरुले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रमहरु विद्यालय हाताभित्र नै मितव्ययी तरिकाले संचालन गर्न निर्देशन दिएको छ ।
बुधवार कार्यालयले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुको नाममा अत्यन्तै जरुरी सूचना जारी गर्दै केही विद्यालयहरुले विद्यार्थीहरुको स्वागत तथा विदाई जस्ता कार्यक्रमहरु विभिन्न होटलमा संचालन गरेकोले विद्यार्थी तथा अभिभावकहरुमा अतिरिक्त आर्थिक भार सिर्जना भएको गुनासो प्राप्त भएको जनाएको छ ।
Advertisement

Advertisement
Advertisement
जिल्लाका सबै स्थानीय तहरुलाई समन्वय, सहजीकरण तथा अनुगमन गर्नका लागि अनुरोध गर्दै इकाइ प्रमुख विष्णुप्रसाद पन्थीद्वारा जारी सूचनामा भनिएको छ, ‘यस कार्यालयमा गुनासो प्राप्त भएकोले जिल्ला अन्र्तगतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले उपरोक्त अनुसारका कार्यक्रमहरु संचालन गर्दा विद्यालय हाताभित्र नै मितव्ययी तरिकाले गर्नुहुन…।’
हेर्नुहोस् सूचना:






