


भैरहवा,१८ चैत। मध्यपूर्वमा द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश ल्याइएको छ ।
बुधवार कुवेत एयरवेजको चार्टर उडानमार्फतबाट ३ सय १८ जना नेपाली यात्रुहरुलाई स्वदेश ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । उक्त विमानमा नौ जना नेपाली नागरिकहरु शव समेत ल्याइएको कार्यालयले जनाएको छ। ल्याइएकामध्ये केही डिपोर्ट गरिएका यात्रुहरु समेत छन् ।

मध्यपूर्वमा द्वन्द्वका कारण नेपाल–कुवेतबीचको नियमित उडान प्रभावित हुँदा कुवेतस्थित नेपाली राजदूतावासको समन्वयमा यात्रुसहितको विमान साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

