


काठमाडौं,१९ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति लिएकाहरुले राजीनामा दिन आग्रह गरेका छन्।
बिहीवार बसेको पहिलो संसद बैठकलाई सम्बोधन गर्दै उनले संविधान र कानुनका आधारमा नेता र पार्टी सिफारिसमा नियुक्ति लिएकाहरुलाई स्वैच्छिकरुपमा राजीनामा दिन आग्रह गरेका हुन्।

विधिको पालना गर्न आग्रह गर्दै लामिछाने सरकार नयाँ नीति कानुनी मान्यताका आधारमा प्रतिस्पर्धात्मकरुपमा नियुक्ति प्रक्रिया अगाडि बढाउन चाहेकाले मार्ग प्रशस्त गर्न अनुरोध गरे।
उनले प्रतिरोधको थलो संसद नहुने भन्दै प्रतिपक्षलाई साथमा लिएर परराष्ट्र नीति बनाउने धारणा राखे।

