


काठमाडौं,२२ चैत। प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचत भएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुखमा अर्याल निर्वाचित भएको घोषणा गरेको हो। सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

गत शुक्रबार सभामुख पदमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो।
बैठकामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभाको सभामुखमा अर्याललाई सभामुखमा प्रस्ताव गरेका थिए।
कमेन्ट गर्नुस्

