

काठमाडौं,२२ चैत। व्यावसायिक घराना शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा बयानका लागि उनलाई नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए ।
Advertisement

Advertisement
Advertisement
शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई ०७६ सालमा ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ गरिएपनि विभागले तारेखमा छाडेको थियो। उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको थियो।
शुक्रवार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए ।





