
काठमाडौं,२२ चैत। सरकारले शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, आईतबार बसेको मन्त्रीपरिषद्को बैठकले भोलीदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरुमा साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।
Advertisement

Advertisement
Advertisement

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण उक्त निर्णय भएको उनले बताए ।
साथै, बैठकले कार्यालय समयमा पनि परिमार्जन गरेको छ। अब सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू नहुने बताइएको छ ।

