
भैरहवा,२३ चैत। चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा ७६ वटा जिल्ला प्रशासन कार्यालयलाई उछिन्दै जिल्ला प्रशासन कार्यालय मनाङ पुनः देशभरमा उत्कृष्ट भएको छ।
गृह मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार २०.२५ पूर्णाङ्कमध्ये मनाङले १९.५ अङ्क प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको हो।
Advertisement

Advertisement
Advertisement

मनाङ शीर्ष स्थानमा रहँदा नुवाकोट १९.३७५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ भने डोटी तेस्रो, पर्वत चौथो र रुपन्देही पाँचौँ स्थानमा रहेका छन।पहिलो त्रैमासिक मूल्याङ्कनमा पनि मनाङ उत्कृष्ट भएको थियो।
लगातार दुई त्रैमासिक उत्कृष्ट नतिजा हासिल गर्ने मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल हुन्। अष्ट्रेलियन नेशनल युनिभर्सिटीका गोल्ड मेडलिस्टसमेत रहेका पौड्याल नतिजामुखी तथा गतिशील युवा प्रशासकका रुपमा चिनिन्छन्।
उनले कार्यसम्पादन सम्झौताअनुसार तोकिएका मापदण्डहरुको प्रभावकारी कार्यान्वयनका कारण यो सफलता हासिल भएको बताएका छन्। उनका अनुसार कर्मचारी, सुरक्षाकर्मी तथा जिल्लास्थित सबै निकायहरुको सामूहिक प्रयासले यो उपलब्धि सम्भव भएको हो।
गृह मन्त्रालयले सेवा प्रवाह, कार्यक्षमता, जनउत्तरदायित्व तथा प्रशासनिक कार्यशैलीलगायतका सूचकका आधारमा प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरुको नियमित मूल्याङ्कन गर्दै आएको छ।
हेर्नुहोस् कुन जिल्ला प्रशासन कार्यालय कुन स्थानमा ?




