
भैरहवा,२३ चैत। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको सोमबारको खेलमा साई ग्लोबल क्लबले विजयी भएको छ । लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई ५५ रनले पराजित गर्दै साई ग्लोबल विजयी भएको हो ।
टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २ सय १९ रन बनायो । जसका लागि अजय चाईले ६०, जितेन्द्र केवटले ४५, जावेद खानले ३७, सुभाष यादवले ३० र शैलेन्द्र यादवले १२ रन योगदान दिए। बलिङमा लुम्बिनी शाक्यनका अजमत अलीले ४, आकाश गिरी र रोहित चन्दले २–२ तथा शाह आलमले १ विकेट लिए ।
Advertisement

Advertisement
Advertisement

जवाफी ब्याटिङमा लुम्बिनी शाक्यन ३६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६४ रनमै समेटिन पुग्यो । उसका लागि कमल विष्टले ३९, अब्दुर शेषले ३०, राहुल ढाडीले २४, शाह आलमले १८, आसिफ मुसलमानले १४ र आशिष नेपालले १० रन बनाए । बलिङमा साई ग्लोबलका शैलेन्द्र यादवले ३, जितेन्द्र केवटले २ तथा अनुप साहनी, सहज अर्याल, शिवकुमार गुप्ता र बासुदेव यादवले १–१ विकेट लिए । खेलमा अजय चाई प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।

