


काठमाडौं,२४ चैत। संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर भएको हो।
प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम राष्ट्रपति रामचन्द्र पौडेलले हेरफेर गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

मर्यादाक्रम हेरफेर पश्चात यसअघि तेस्रो नम्बरमा रहेका
सुधन गुरुङ पाचौं नम्बरमा पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् ।
त्यस्तै तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन्। चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।
यस्तो छ नयाँ कार्यविभाजन:


