


२४ चैत, धनकुटा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीन जना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ स्थित विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउनका लागि ८५ हजार घुस लिएको अवस्थामा सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत इन्जिनियर सुमन राईलाई पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

उनका अनुसार, इन्जिनियर राईलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले ललितपुरबाट र इटहरीस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई क्रमश: धनकुटा र भोजपुरबाट पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूबाट घुस रकम, तीन थान मोबाइल र अन्य सम्बन्धित कागजात बरामद गरिएको अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

