
काठमाडौं,२६ चैत। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक हाजिर जमानीमा रिहा भएका छन्।
सर्वोच्च अदालतको आदेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले ओली र लेखकलाई परिवारको जिम्मा लगाएर हाजिर जमानीमा रिहा गरेको हो। छाडेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सरकारी वकिलको सहमतिमा आवश्यक परेको बेला उपस्थित हुनेगरी ओली र लेखकलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले बताए ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री ओली हिरासतमुक्त भएपनि उनी केही समय अस्पतालमै रहनेछन्।
भदौ २३र२४ गते जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको थियो ।

