


काठमाडौं,२७ चैत। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। दुईजना मन्त्री थप्दै उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। यससँगै मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ।

नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। उनीहरुले आजै राष्ट्रपति भवनमा आयोजित समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।
रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

