
काठमाडौं,२७चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले राप्रपालाई धोखा नदिएको बताएका छन्।
राप्रपाका संसदीय दलको नेता ज्ञानेन्द्र शाहीले रास्वपा सभापति लामिछानेसँगको कुराकानी भए पश्चात आफूहरुले उपसभामुखमा उम्मेदवारी दर्ता गराएको बताएका थिए। तर, रास्वपाले श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
Advertisement

Advertisement
Advertisement

सोही विषयको प्रश्नमा सभापति लामिछानेले भने ‘ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो। उहाँ सधैँ साथी रहिरहनुहुन्छ। राजनीतिक सहकार्य हाम्रो कयौँ सहकार्य गर्न बाँकी नै छ। एउटा माघले कहाँ जाडो जान्छ ?’
उनले उपसभामुखबारे सबैसँग राजनीतिक संवादहरु हुने संवादलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए।
उनले थपे, ‘राजनीतिक संवादहरु त हुन्छन्, किन नहुनुरु अन्य सबै दलहरुसँग भएको हो। धोका भन्दा पनि कहिलेकाहीँ अन्तिम समयमा सही निर्णय गर्ने समय आउँदा अन्य फ्याक्टरहरुले पनि काम गर्छ, त्यस्तो केही होइन। सहकार्य गर्ने ठाउँ कति आउँछ नि !’

